काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भदौ २३ र २४ को घटनासम्बन्धी गठित जाँचबुझ आयोगको प्रतिवेदन आगामी सरकारले कार्यान्वयन गर्ने बताएका छन्।

मंगलबार ललितपुरमा जेनजी आन्दोलनका क्रममा शहीद भएका विनोद महर्जनको परिवारसँग भेट गर्दै उनले यस्तो बताएका हुन्।

advertisement

उनले जेनजी आन्दोलनको जगमा देशमा निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै अब बन्ने सरकारले आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गरे।

ललितपुर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित खरेलले वर्तमान सरकारले मन्त्रिपरिषद्बाट उक्त प्रतिवेदनबारे आवश्यक निर्णय गर्ने अपेक्षा पनि व्यक्त गरे।

आयोगले दिएका निष्कर्ष, सुझाव र सिफारिसहरू कार्यान्वयन गर्नु आगामी सरकारको दायित्व हुने उनको भनाइ छ।

खरेलले भ्रष्टाचार अन्त्य, सुशासन स्थापना तथा देशमै शिक्षा, रोजगारी र स्वास्थ्यका अवसर सुनिश्चित गर्नका लागि भएको आन्दोलनको मर्मलाई गम्भीरतापूर्वक अघि बढाइने बताए।

उनले युवाहरूले थालेको परिवर्तनको अभियानलाई रास्वपाले पूर्णता दिने र देशमा वास्तविक परिवर्तन ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com