काठमाडौं । टेलिभिजन रियालिटी शो ‘नेपहपको श्रीपेच’का प्रतिस्पर्धी र्‍यापर हप्याक (मिलनजंग कुँवर)लाई झारफुक गर्ने भन्दै झाँक्रीले मुखमा अगुल्टो झोसेपछि उनी घाइते भएका छन् ।

उक्त रियालिटी शोले शुक्रबार सामाजिक सञ्जालबाट सार्वजनिक गरेको उक्त घटनाको भिडियोमा र्‍यापर हप्याकमाथि आगो झोस्नेदेखि कुटपिट गरिएको देख्न सकिन्छ ।

यातना दिने झाँक्री र अन्यलाई पक्राउ गर्नुपर्ने, पीडित र्‍यापरलाई उपचार गर्नुपर्ने माग गदै नेपहपको श्रीपेचको टोली त्यसतर्फ लागेको छ । ‘यथार्थ बुझेपछि हामीले दोषीलाई कारवाही गर्न प्रहरीमा उजुरी दिनेछौं,’ निर्माता सुदीप पोखरेलले भने ।

पोखरेलका अनुसार उक्त घटनापछि र्‍यापर हप्याक बोल्ने अवस्थामा छैनन् । उनको मुख डढेको छ । प्रहरीमा उजुरी दिन ढिलाइ भएको भन्दै रियालिटी शोले दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन दबाब दिने जनाएको छ ।

 

प्रकाशित मिति: २५ कार्तिक २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com