काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाललाई यही भूमिकामा दोहोर्याउने तयारी भएको छ । संकटको बेलामा मुलुकको अर्थतन्त्रको बागडोर सम्हालेका खनालको भूमिकालाई लिएर प्रधानमन्त्री सुशीला कार्कीले पनि प्रशंसा गरेकी छिन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसमेत खनालको भूमिकालाई लिएर सकारात्मक छन् । रास्वपाले दुई तिहाईनजिकको बहुमत हासिल गरिसकेको अवस्था छ । अब बालेन शाहको नेतृत्वमा नयाँ सरकार बन्दैछ । यसपटक बालेन शाहले प्राविधिकहरुको सक्षम टिम लिएर आफ्नो नेतृत्वमा सरकार बनाउनेगरि तयारी थालिसकेका छन् ।

advertisement

राष्ट्रियसभामा एक जना मनोनित गर्न पाउने भएकोले प्रधानमन्त्री कार्कीले खनाललाई उक्त पदमा नियुक्त गर्नको लागि सिफारिश गर्ने बुझिएको छ । बालेनले पनि अनुभवी खनाललाई अर्थ मन्त्रालयको नेतृत्वमा दोेहोर्याउने कुरामा सकारात्मक प्रतिक्रिया दिईएको बताईन्छ ।

रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्लेको नाम अर्थमन्त्रीको रुपमा चर्चा भईरहेको बेलामा बालुवाटारमा भने खनाललाई नै यही जिम्मेवारीमा दोहोर्याउनेगरि छलफल चलेको विश्वस्त स्रोतको दाबी छ । राष्ट्रियसभामा १८ जनाले हिजोमात्रै अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष पथ तथा गोपनियताको शपथ खाईसकेका छन् । अब एक जना राष्ट्रपतिले मनोनित गर्ने भएको हुँदा यही साताभित्रै प्रधानमन्त्रीले सिफारिश गर्ने बुझिएको छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com