काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीका वर्तमान कमीकमजोरी सच्याउन नसके आगामी निर्वाचनमा पार्टी सकिन सक्ने चेतावनी दिएका छन्।

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा अपेक्षाभन्दा कमजोर नतिजा आएपछि पार्टीभित्र नीति, रणनीति र नेतृत्वबारे गम्भीर समीक्षा गर्नुपर्ने आवाज उठिरहेका बेला बास्कोटाले यस्तो धारणा व्यक्त गरेका हुन्।

advertisement

उनले पाँच वर्षअघिको राजनीतिक घटनाक्रम पनि स्मरण गर्दै पार्टीले आत्मसमिक्षा गर्नुपर्ने आवश्यकता औंल्याए।

“सक्किएको त छैन, तर अहिलेका गल्ती सच्याइएन भने अर्को पटक सकिन सक्छ,” बास्कोटाले भने।

हालैको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले प्रत्यक्ष र समानुपातिक दुवै तर्फ गरेर करिब २५ सिट हाराहारी मात्रै जित्न सफल भएको छ।

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com