काठमाडौं । वैदेशिक रोजगारीका नाममा ठगी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन्। आकर्षक तलबको प्रलोभन देखाउँदै ग्रीस पठाइदिने भन्दै रकम असुलेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मोरङको पथरी शनिश्चरे नगरपालिका- ३ स्थायी बासिन्दा २२ वर्षीय सम्योग राईलाई पक्राउ गरिएको हो। उनले तीन जना पीडितलाई ‘ग्रीस पठाइदिन्छु भन्दै’ विश्वास दिलाई ठूलो रकम उठाएको आरोप लागेको छ।

advertisement

राईले ती तीन जनाबाट कुल २५ लाख रुपैयाँ लिई पछि सम्पर्कविहीन भएको भन्दै पीडितहरूले ती युवक बिरुद्ध उजुरी दिएका थिए। उक्त उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानकै क्रममा प्रहरीले उनलाई ललितपुर महानगरपालिका- १३ बाट पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

हाल उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com