काठमाडौं । नेकपा एमाले सचिवालय बैठक आज बस्दै छ। महानगर र उपमहानगरपालिकाको उम्मेदवारकाे विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको हाे।
बैठक आज (बिहीबार) दिउँसो १ बजे बालकोटमा बस्ने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।उनका अनुसार आजकाे बैठकले उम्मेदवारको मापदण्डका विषयमा छलफल गरी टुंगो लगाउनेछ।
सत्तागठबन्धनले हिजाे नै महानगर र उपमहानगरको भागबण्डा टुंगो लगाइसकेकाे छ।
प्रकाशित मिति: ८ बैशाख २०७९, बिहिबार
प्रतिक्रिया