काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण रहेको बताएकी छन्।
बिहीबार मोतीदेवी स्मृति केन्द्र ११६औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसर पारेर आयोजना गरिएको ‘प्रेरणादायी महिला सम्मान तथा वृत्तचित्र सार्वजनिक’ कार्यक्रममा उनले इतिहासको कठिन कालखण्डमा महिलाले पुर्याएको योगदानलाई राज्य र समाजले सधैँ स्मरण गर्नुपर्ने बताइन्।उनले
समाजको प्रगतिशील रूपान्तरणका लागि महिलाले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । “समाजको प्रगतिशील रुपान्तरण तथा लोकतान्त्रिक प्रणालीको पुनःस्थापनाका लागि भूमिगत राजनीतिका माध्यमबाट महिलाले पुर्याएको महत्वपूर्ण योगदानलाई सम्मान गर्ने र अभिलेखीकरण गर्ने यस्ता पहलले भाविपुस्तालाई प्रेरणा प्रदान गर्नेछ”, उनले भनिन्।
पूर्वराष्ट्रपति भण्डारीले नेपालले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र तिनै योद्धाको योगदानको जगमा उभिएको बताइन्। उनले यस्ता ऐतिहासिक अभिलेखीकरणले भावी पुस्तालाई न्याय, समानता र स्वतन्त्रताको मार्गमा अगाडि बढ्न निरन्तर प्रेरणा दिने विश्वास व्यक्त गरिन्।
प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार












प्रतिक्रिया