काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक परेको छ। ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित एक अस्पतालमा निधन भएको छ।
अस्पताल स्रोतका अनुसार केही समयदेखि मोहनप्रसाद ओली अस्वस्थ रहेका थिए। उनको पार्थिव शरीर ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ। साथै आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको बताइएको छ।
स्वर्गीय मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी रहेका छन्।
प्रकाशित मिति: २९ फाल्गुन २०८२, शुक्रबार












प्रतिक्रिया