काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल ले सार्वजनिक पूर्वाधारलाई अपाङ्गतामैत्री तथा महिलामैत्री बनाउन निर्देशन दिएकी छन् ।

आज सानो गौचरन रङ्गशाला र स्केट बोर्ड पार्कको अनुगमनका क्रममा उनले यस्तो निर्देशन दिएकी हुन् । अनुगमन समिति संयोजकसमेत रहेकी डङ्गोलले सार्वजनिक पूर्वाधार निर्माणको डिजाइनबाट अपाङ्गता भएका व्यक्ति र महिलाको पहुँचलाई ध्यान दिनुपर्ने बताइन ।

advertisement

सानो गौचरन रङ्गशालामा अपाङ्गता भएका व्यक्तिहरूका लागि संरचना नदेखेपछि उनले भनिन्, ‘लिफ्ट राखेर अपाङ्गता भएका व्यक्तिहरूलाई प्यारापिटसम्म पुग्ने वातावरण बनाउनुहोला ।’ हालसम्म रङ्गशालाको ७५ प्रतिशत भौतिक प्रगति र ६८ प्रतिशत वित्तीय प्रगति भएको छ ।

सो रङ्गशाला निर्माण रु १८ करोड ८६ लाख ७४ हजार ८२७ मा शुभ कन्स्ट्रक्सनले पुनःनिर्माण गरिरहेको छ । रङ्गशाला रु १८ रोपनी १ आना २ पैसा ३ दान (९२११.५ वर्गमिटर) क्षेत्रफलमा फैलिएको छ । रङ्गशालाको दर्शक क्षमता एक हजार ५०० जनाको छ । ९६ दशमलव ६२ मिटरको खेलमैदान हुनेछ ।

आगामी चैत मसान्तभित्र रङ्गशाला निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । तीन हजार ७६० वर्गमिटर क्षेत्रफलमा स्केट बोर्ड पार्क निर्माण हुँदैछ । यससँगै बास्केटबल कोर्ट, भलिबल कोर्ट र एम्पिथिएटर निर्माण हुनेछ ।

प्रकाशित मिति: २९ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com