काठमाडौं । र्‍यापर हप्याक (मिलनजंग कुँवर) लाई झारफुक गर्ने भन्दै मुखमा अगुल्टो झोस्ने झाँक्री पक्राउ परेका छन् । उनलाई नवलपरासीको कावासोतीबाट शुक्रबार राति नै पक्राउ गरेको हो ।

पीडितको परिवारले उजुरी दिएलगँतै झाँक्री दिपक सार्कीलाई पक्राउ गरेको कावासोती प्रहरीले जनाएको छ ।

गत साता नवलपरासीको कावासोतीमा र्‍यापर हप्याकलाई ‘बोक्सी ‘लागेको भन्दै झाँक्रीले मुखमा अगुल्टो झोसेपछि उनी घाइते भएका छन् ।

हप्याक रियालिटी शो ‘नेपहपको श्रीपेच’ को टप १४ सम्म पुगेका प्रतिस्पर्धी हुन् ।

 

प्रकाशित मिति: २७ कार्तिक २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com