काठमाडौं। विगतका गठबन्धन सरकारले आफूलाई समर्थन गर्ने दललाई मन्त्रालयको भाग पुर्याउन भएका मन्त्रालयलाई फुटाएर बढाइएका मन्त्रालयको संख्या बालेन सरकारले घटाउने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा सरकार बनेपछि मन्त्रालयको संख्या घटाउने भएको हो ।

advertisement

निर्वाचन आयोगले समानुपातिक सूची मागिसकेको र राष्ट्रपतिले बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने समय नजिकिइसक्दा बहुमत प्राप्त दल रास्वपाले बालेनलाई संसदीय दलको नेता बनाउने र प्रधानमन्त्री भएपछि गर्ने कामको गृहकार्य सुरु गरेको हो।

रास्वपाले चुनावी वाचापत्रमै मन्त्रालयको संख्या घटाउने र दलैपिच्छे खोलिएका कर्मचारी संघसंगठन खारेजीका लागि अध्ययन गर्ने भनिसकेको थियो ।

आफ्नै एकल बहुमतमा सरकार बन्ने भएपछि पार्टीले वाचापत्र कार्यान्वयन गर्न लागेको हो ।

रास्वपाले मन्त्रालयको संख्या १८ मा झार्ने तयारी गरेको स्रोत बताउँछ ।

हाल मन्त्रालयको संख्या २२ छ।

संविधानअनुसार प्रधानमन्त्रीले आफूसहित २५ जनासम्मको मन्त्रिपरिषद बनाउन पाउँछन् ।

२०४८ सालको निर्वाचनपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा मन्त्रालयको संख्या २१ थियो।

पछि गठबन्धन सरकारमा भागबन्डा पुर्‍याउन र आफ्ना मान्छेलाई मन्त्री बनाउन मन्त्रालय फुटाउन थालियो।

२०७२ मा केपी शर्मा ओलीले ३१ मन्त्रालय बनाएका थिए ।

प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com