एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग युद्ध अन्त्य गर्ने सम्भावित युद्धविराम सम्झौताका सर्तहरू अझै पर्याप्त नभएको बताएका छन् । शनिबार एक अन्तर्वार्तामा उनले इरानले सम्झौता गर्न चाहेको भए पनि हाल प्रस्तुत गरिएका सर्तहरू आफूलाई स्वीकार्य नभएको बताए । उनका अनुसार सम्भावित सम्झौता ‘बलियो र स्पष्ट’ हुनुपर्नेछ ।

ट्रम्पले युद्धविरामका लागि इरानले आणविक कार्यक्रमसम्बन्धी महत्वाकांक्षा पूर्ण रूपमा त्याग्ने प्रतिबद्धता जनाउनुपर्ने कुरा पनि सर्तका रूपमा हुन सक्ने सङ्केत दिए । तर उनले आफ्ना सबै सर्तहरू के–के हुन् भन्ने खुलाएका छैनन् ।

advertisement

यो टिप्पणी संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि ठूलो सैन्य आक्रमण सुरु गरेको करिब दुई हप्तापछि आएको हो । ती आक्रमणका कारण विश्वव्यापी जहाज आवागमनमा अवरोध, तेलको मूल्य वृद्धि तथा विश्व अर्थतन्त्रमा असर परेको बताइएको छ ।

युद्ध तेस्रो हप्तामा प्रवेश गर्दा विश्व ऊर्जा बजार र आर्थिक क्षेत्रमा प्रभाव अझ बढ्दै गएको बताइएको छ । ट्रम्पले युद्धबाट प्रभावित देशहरूलाई हर्मुज जलडमरू सुरक्षित र खुला राख्न सहयोग गर्न आग्रह समेत गरेका छन् ।

उनका अनुसार केही देशहरूले उक्त मार्ग सुरक्षित राख्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्, तर उनले ती देशहरूको नाम भने खुलाएका छैनन् ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत पनि जलडमरू हुँदै तेल प्राप्त गर्ने देशहरूलाई उक्त मार्गको सुरक्षामा ध्यान दिन आग्रह गरेका छन् । साथै, उनले धेरै देशहरूले जलडमरू खुला राख्न युद्धपोत पठाउने सम्भावना रहेको सङ्केत दिएका छन् ।

प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com