एजेन्सी । भारतको जमशेदपुर शहरमा आयोजित एक वैवाहिक समारोह दुःखद घटनामा परिणत भएको छ। बिहेको भोजका क्रममा रसबरी खाने क्रममा घाँटीमा अड्किएपछि एक युवकको ज्यान गएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार झारखण्ड राज्यअन्तर्गत जमशेदपुरको मलियांता गाउँका ललित सिंह नामक युवकको शुक्रबार राति मृत्यु भएको हो।
बिहे समारोहमा सहभागी भएका उनले भोजका क्रममा रसबरी खाँदा अचानक मिठाई घाँटीमा अड्किएपछि सास फेर्न गाह्रो भएको बताइएको छ। त्यहाँ उपस्थित व्यक्तिहरूले घाँटीमा अड्किएको रसबरी निकाल्ने प्रयास गरे पनि सफल हुन सकेनन्।
स्थिति गम्भीर बनेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो। तर चिकित्सकले परीक्षणपछि उनलाई मृत घोषणा गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यस घटनापछि खुसीयालीको वातावरणमा रहेको विवाह समारोह एकाएक शोकमा परिणत भएको बताइएको छ।
प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार












प्रतिक्रिया