एजेन्सी। इरान को मार्काजी प्रान्त मा संयुक्त राज्य अमेरिका र इजरायल द्वारा गरिएको छुट्टाछुट्टै आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
मेह्र न्युज एजेन्सी का अनुसार पहिलो आक्रमण अराक सहर आसपासको आवासीय क्षेत्रमा गरिएको थियो। उक्त हमलामा कम्तीमा चार जनाको ज्यान गएको बताइएको छ। स्थानीय अधिकारीहरूका अनुसार उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ।
यसैबीच दोस्रो आक्रमण महलत सहरमा रहेको एक आवासीय भवनलाई लक्षित गर्दै गरिएको थियो। सो आक्रमणमा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
घाइतेहरूलाई उपचारका लागि नजिकैका अस्पतालमा भर्ना गरिएको छ। पछिल्ला आक्रमणहरूले क्षेत्रमा तनाव र त्रास थप बढाएको जनाइएको छ।
प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार













प्रतिक्रिया