काठमाडाैं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सांसद सिफारिसको विषयमा कोशी प्रदेशकी कार्यवाहक सभापति गोमा तामाङ ‘सरिनले असन्तुष्टि व्यक्त गरेकी छन्।

रास्वपाले आइतबार समानुपातिकतर्फ ५७ जनाको नाम सिफारिस गरेको थियो।

advertisement

समानुपातिक सांसद छनोट गर्दा भूगोल र जातीय क्लस्टरको सन्तुलन नमिलाइएको भन्दै कार्यवाहक सभापति गोमा तामाङ सरिनले सोमबार सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेकी हुन्।

सरिनले लेखेकी छन्, मैले कोशीको हकमा पहाडी भूगोल समेट्नुपर्छ, छुट्नु हुँदैन भनेको थिएँ, छनोटको समयमा  उनले ओखलढुङ्गाकी शोभा कार्की, खोटाङकी स्थापित गायिका सत्यकला राई, र ताप्लेजुङकी मिरा लाबुङजस्ता योग्य उम्मेदवारलाई सूचीमा नसमेटिएको प्रश्न उठाएकी छन्।

सरिनले थप लेखेकी छन्, कोशीको भौगोलिकता र जातीय क्लस्टर समेट्न नसक्दा अबका दिनहरूमा सङ्गठनमा असर पर्न सक्नेछ। अर्को कुरा, समुदायका व्यक्ति विशेष केन्द्रीय नेताज्यूहरूको वरिपरि भए पनि यसबारे ध्यानाकर्षण गराउन नसक्नु विडम्बना र दुःखद् छ।

कार्यवाहक सभापति सरिन आफैं प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–१ बाट उम्मेदवार रहेर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग पराजित भएकी थिइन्।

रास्वपाका तत्कालीन प्रदेश सभापति राजेश तिम्सिनामाथि अनुशासनको कारबाही भएपछि सरिनले प्रदेश नेतृत्व सम्हालेकी हुन्।

प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com