एजेन्सी । इजरायलले तेहरान स्थित मेहराबाद विमानस्थल मा रहेको एक विशेष विमान ध्वस्त पारेको दाबी गरेको छ। इजरायली सेनाका अनुसार उक्त विमान आयतुल्ला अली खामेनीले प्रयोग गर्ने गरेको बताइएको छ। पछिल्लो कारबाहीका क्रममा गरिएको आक्रमणमा सो विमान पूर्ण रूपमा नष्ट गरिएको सेनाले जनाएको छ।

इजरायली सैन्य स्रोतहरूका अनुसार उक्त विमान इरानी उच्च अधिकारी तथा सैन्य नेतृत्वले पनि प्रयोग गर्ने गर्थे। हतियार खरिदसम्बन्धी गतिविधि सञ्चालन गर्न र सहयोगी राष्ट्रहरूसँग समन्वय कायम गर्न सो विमान प्रयोग हुने गरेको दाबी गरिएको छ।

advertisement

यसैबीच इजरायलले इरानविरुद्ध जारी सैन्य कारबाहीमा मुख्य लक्ष्य मिसाइल प्रक्षेपण प्रणालीहरू रहेको जनाएको छ। इजरायली पक्षका अनुसार हालसम्म इरानका करिब ७० प्रतिशत मिसाइल प्रक्षेपण केन्द्रहरू नष्ट गरिएको वा प्रयोग गर्न नसकिने अवस्थामा पुर्‍याइएको छ।

प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com