काठमाडौं। त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलबाट गाँजाजस्तो देखिने तीन किलो १६० ग्राम वस्तुसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

बैङ्ककबाट नेपाल एअरलायन्सको विमानमा आएका उनीहरुलाई गएराति त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

advertisement

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट ब्राउन सुगरसहित एक जना, कञ्चनपुरको बेलौरी नगरपालिका–६ बाट एक जना, सोही नगरपालिकाको सडकघाट पीपलचौताराबाट तीन जना, वडा नं ८ बाट दुई जना, भीमदत्तनगरपालिका–११ बाट एक जनालाई लागूऔषधसहित पक्राउ गरिएको हो ।

यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका–७ बाट ब्राउनसुगरसहित दुई जना, धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीबाट दुई जना, सोही उपमहानगरपालिकाको त्रिनगरबाट तीन जना, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ रमवापुरबाट दुई जना र पोखरा महानगरपालिका–२ बागलुङ बसपार्कबाट एक जनालाई पक्राउ गरिएको उक्त समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com