काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोकमा समवेदना प्रकट गरेका छन्।
राष्ट्रपतिले दिवङ्गत मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो सहानुभूति व्यक्त गरे।
मंगलबार राष्ट्रपति पौडेल गुन्डु पुगेका थिए र मोहनप्रसाद ओलीको निधनमा सम्मान प्रकट गरे। उनले अध्यक्ष ओली र उनका परिवारजनलाई यस कठिन समयमा धैर्य धारण गर्न र शोकलाई सकारात्मक ऊर्जामा रूपान्तरण गर्न आग्रह गरे।
मोहनप्रसाद ओलीको शुक्रबार ९७ वर्षको उमेरमा निधन भएको थियो।
प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया