काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले पार्टीको एकल सरकार बने पनि गलत कदम चालिएमा प्रश्न उठाउनुपर्ने बताएका छन् ।

नवनिर्वाचित सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सरकारको कामको समीक्षा, अनुगमन र निगरानी गर्नुपर्नेमा जोड दिए ।

advertisement

“हामी कानुन बनाउन आएका हौँ । सरकारको कामको समीक्षा, अनुगमन गर्ने, निगरानी गर्नुपर्छ ।

हाम्रो सरकार बन्दा पनि हामीले औँलो ठड्याउनुपर्छ । खबरदारी गर्नुपर्छ,” स्वर्णिमले भने ।

यो पनि:

मन्त्री चयनमा रवि-बालेनको आ-आफ्नै दाउ

उनले सांसदहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रका जनताको मुद्दालाई बुलन्द रूपमा उठाउन निर्देशन दिए ।

नीति बहस, विकास निर्माण, सामाजिक तथा आर्थिक मुद्दामा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

रास्वपाले चुनावी वाचापत्रमा गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिँदै स्वर्णिमले भने, “नेपालमा अभूतपूर्व समर्थन जनताले दिएका छन् ।

अब जनअपेक्षाअनुसार अघि बढ्न सक्नुपर्छ । काम गरेरै देखाउनुपर्छ ।”

रास्वपाले झण्डै दुई तिहाइ बहुमत ल्याएर एकल सरकार गठनको तयारी गरिरहेको छ ।

वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बन्ने सम्भावना बलियो रहेको छ ।

स्वर्णिमको यो अभिव्यक्तिले पार्टीभित्र पनि सरकारको कामकारबाहीमा आन्तरिक खबरदारी तथा जिम्मेवारीको अपेक्षा रहेको संकेत गरेको छ ।

 

प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com