काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङले आफ्नो तलब भत्ता तथा सरकारी सुविधान नलिने घोषणा गरेका छन्।
पार्टीले ललितपुरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी हुँदै गुरुङले सञ्चारकर्मीसामू यस्तो निर्णय सार्वजनिक गरेका हुन्। उनले थपे, ‘सरकारी गाडी पनि म आफ्नै प्रयोग गर्नेछु।’
सांसद गुरुङको यो निर्णयले जनप्रतिनिधिमा पारदर्शिता र आत्मनिर्भरता कायम राख्ने प्रयासको संकेत दिएको विश्लेषकहरूले बताएका छन्।
प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया