काठमाडौं। हनी ट्र्याप प्रयोग गरी कुटपिट तथा लुटपाट गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा कालिका नगरपालिका -७ नमुना टोलमा बस्ने १८ वर्षीय यनि तामाङ र २५ वर्षीय विजय सुनार रहेका छन् ।

advertisement

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–३ का ४९ वर्षीय एक पुरुषलाई हनी ट्र्याप प्रयोग गरी २०८२ फागुन २९ गते गते जुटपानीस्थित मिडचोकबाट गुम्बातर्फ जाने भित्री बाटोमा भेट्न बोलाइएको थियो।

पीडित उक्त स्थानमा पुगेपछि योजनाबद्ध रूपमा बोलाई कुटपिट गरिएको र उनीसँग रहेको बा.प्र.०३ ०४-प ५८८९ नम्बरको स्कुटर लुटेर फरार भएको प्रहरीले जनाएको छ।

घटनापछि पीडितले स्कुटर फिर्ता माग्दा आरोपीहरूले रकम माग्ने तथा रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाइदिने धम्की दिएको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनीहरुलाइ पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com