काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदहरूका लागि आयोजना गरेको दुईदिने आवासीय अभिमुखीकरण कार्यक्रम अन्तर्गत आज सभापति रवि लामिछाने ले सम्बोधन गर्ने भएका छन्।

ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा मंगलबार उपसभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गरेका थिए। अभिमुखीकरणको पहिलो दिन सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी भएका थिएनन्।

advertisement

महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार सभापति लामिछाने र वरिष्ठ नेता बालेन शाह आजको समापन समारोहमा सहभागी हुने अपेक्षा गरिएको छ।

उपसभापति अर्यालले शुभकामना मन्तव्य दिँदै सम्भव भएसम्म दुवै नेता बुधबारको कार्यक्रममा उपस्थित हुने जानकारी दिए। यद्यपि, रास्वपाले सार्वजनिक गरेको तालिकामा बुधबार सभापति लामिछानेको सहभागिता उल्लेख भए पनि शाहको उपस्थितिबारे स्पष्ट खुलाइएको छैन।

प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com