काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हालसम्म नयाँ मन्त्रिपरिषद्को कुनै निर्णय अन्तिम रूपमा टुंगोमा नपरेको बताएका छन्।
बिहीबार पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा समापन मन्तव्य दिँदै सभापतिले नयाँ मन्त्रिपरिषद् गठन प्रक्रियामा रहेका छलफल र तयारीबारे जानकारी दिएका हुन्।
‘अहिलेसम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैन। हामीले तपाईंहरू सबैलाई चिनेका छौं र बलियो मन्त्रिपरिषद् गठन गर्नेछौं,’ रविले उपस्थित नेताहरूलाई सम्बोधन गर्दै भने।
प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार













प्रतिक्रिया