काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसद हरूको शपथपछि मात्रै संसदीय दल नेता चयन गर्ने भएको छ।
प्रवक्ता मनिष झाका अनुसार सांसदहरूको शपथपछि मात्रै दल नेता चयनलगायत थप प्रक्रिया अघि बढ्नेछ।
संघीय संसद सचिवालयले चैत १२ गते नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाउने तयारीसाथ काम गरिरहेको छ।
त्यसपछि मात्रै रास्वपाले संसदीय दल नेता चयन गर्ने भएको हो।
रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर फागुन २१ को चुनावमा गएको थियो।
बालेनलाई संसदीय दल नेता बनाउन रास्वपाले विधानसमेत संशोधन गर्नुपर्नेछ।
नवनिर्वाचित सांसद हरूको शपथपछि मात्रै दल नेता चयन प्रक्रिया अघि बढ्छ,’ प्रवक्ता झाले सेतोपाटीसँग भने।
उनले प्रक्रियागत रूपमा नै रास्वपा अघि बढ्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले झन्डै दुई तिहाइ सिट जितेको छ। रास्वपाका मात्रै १८२ जना सांसद छन्। अब रास्वपाले एकल सरकार बनाउँदैछ।
प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार












प्रतिक्रिया