काठमाडौं । इरानका गुप्तचर मन्त्री इस्माइल खातिब को मृत्यु पुष्टि भएको छ । इरानी राष्ट्रपति मासुद पेजेस्किआनले सामाजिक सञ्जाल एक्समार्फत गुप्तचर मन्त्री खातिब मारिएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

राष्ट्रपति पेजेस्किआनले लेखेका छन्, ‘मेरा प्रिय सहकर्मीहरू इस्माइल खातिब, अली लारिजानी र अजिज नासिरजादेह, उनीहरूका परिवारका केही सदस्यहरू र साथमा आएका टोलीको कायरतापूर्ण हत्याले हामीलाई शोकमा डुबाएको छ ।

advertisement

रानका शीर्ष सुरक्षा अधिकारी लारीजानी र रक्षामन्त्री नासिरजादेहको मृत्युको पुष्टि यसअघि नै भइसकेको छ ।

यसअघि इजरायलले तेहरानमा रातभर भएको आक्रमणमा खतिबको मृत्यु भएको बताएको थियो ।

प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com