काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताहरू सरकार गठनबारे आन्तरिक छलफलमा जुटेका छन्।
निर्वाचन आयोगले निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाएपछि पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) तथा उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले रणनीतिक छलफलमा सक्रिय भएका हुन्।
फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपाले १८२ सिट जित्दै उल्लेखनीय सफलता हासिल गरेको छ। पार्टीले बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारिसकेको छ।
प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया