काठमाडाैं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की ले जनकपुरधामस्थित जानकी मन्दिर मा पूजा अर्चना गरेकी छन्। अन्तरिम सरकारको नेतृत्व सम्हालेपछि उनी पहिलो पटक जनकपुरधाम पुगेकी हुन्।
विमानस्थलबाट सिधै मन्दिर पुगेकी उनले मन्दिरका महन्थ तथा पूजारीहरूसँग भेटघाट पनि गरिन्। पूजा पछि उनले जनकपुरधाम भ्रमण उपलब्धिमूलक रहेको प्रतिक्रिया दिएकी थिइन्।
उनले आफू राजनीति गर्ने व्यक्ति नभएको र धार्मिक उद्देश्यका लागि मात्र त्यहाँ आएको बताइन्। त्यसपछि प्रधानमन्त्री सुशीला कार्की महोत्तरी जाने कार्यक्रम रहेको छ, जहाँ गौशालास्थित निगौल गाई गौशालाको निरीक्षण गर्नेछिन्।
फागुन २१ गतेको निर्वाचन सम्पन्न गरेपछि पदत्याग गर्नुअघि उनी देशका विभिन्न स्थानहरूको भ्रमण (देश दौडाह) गर्दै रहेकी छन्। यसअघि उनले रारा ताल को पनि अवलोकन गरेकी थिइन्।
प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया