काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानले आफ्नो नागरिकता सम्बन्धी विवाद ४ वर्षअघि नै समाधान भइसकेको दाबी गरेका छन् ।

चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उठेका लामिछानेमाथि रद्ध भइसकेको पुरानो नागरिकताका आधारमा उम्मेदवार भएको भन्दै उजुरी परेको छ । उजुरीकर्ताले उनको उम्मेदवारी खारेज गर्न माग गरेका छन् ।

advertisement

आफूमाथि परेको उजुरीबारे स्पष्ट पार्न भन्दै सामाजिक सञ्जाल फेसबुकमा राखेको भिडियोमा उनले आफूले कागजी प्रक्रिया पूरा गरेर अमेरिकाको पासपोर्ट त्यागेको बताएका छन् ।

उनले फेसबुकम लेखेका छन्, ‘एउटा नेपालीले पहिले प्रेस काउन्सिलमा, त्यसपछि २०७६ सालमा चितवन प्रहरीमा, त्यसपछि चितवन जिल्ला सरकारी वकिलको अभियोग पत्रमा, अनि चितवन जिल्ला अदालतको आदेश र फैसलामा, अनि उच्च अदालत हेटौडाको आदेशमा, अनि चितवन जिल्ला सरकारी वकिल कार्यालयदेखि महान्यायधिवक्ताको कार्यालयसम्म नागरिकताको बिषय समेतमा विवेचना भई सेटल भइसके पछि फेरि कति पटक स्पष्टीकरण दिनु पर्ने हो ?’

प्रकाशित मिति: ३० कार्तिक २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com