काठमाडौं । नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले पार्टीलाई पुनः सशक्त र प्रभावशाली बनाउन तीन महत्वपूर्ण प्रस्ताव अघि सारेका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टीलाई रूपान्तरण गर्न अब केवल राजनीतिक शक्ति मात्र पर्याप्त नहुने उल्लेख गरेका छन्। देशका जटिल समस्याको समाधान दिन सक्ने विज्ञता, प्रविधि र गतिशील संरचनासहितको संस्था बन्नुपर्नेमा उनले जोड दिएका छन्।

advertisement

उनका अनुसार विगतको उपलब्धिमा मात्र निर्भर रहनेभन्दा भविष्यमा लगानी गर्न सके पार्टी पुरानै लयमा फर्किने मात्र होइन, अझ आधुनिक र बलियो रूपमा स्थापित हुन सक्छ।

पार्टी रूपान्तरणका लागि तत्काल तीन मुख्य क्षेत्रमा काम गर्नुपर्ने उनले बताएका छन्। पहिलो, विज्ञतामा आधारित राजनीति—जहाँ विषयविज्ञ र अर्थशास्त्रीहरूसँग सहकार्य गरी देशको आर्थिक संकट समाधानका लागि स्पष्ट र प्राविधिक रोडम्याप तयार गरिनुपर्छ।

दोस्रो, व्यक्तिगत पहुँच र सम्बन्धका आधारमा जिम्मेवारी बाँड्ने अभ्यास अन्त्य गर्दै ‘डिजिटल मेरिटोक्रेसी’ लागू गर्नुपर्ने उनले औँल्याएका छन्। आधुनिक प्रविधि र पारदर्शी मूल्यांकन प्रणालीमार्फत कार्यकर्ताको क्षमता र योगदानको निष्पक्ष मूल्यांकन हुनुपर्ने उनको धारणा छ।

तेस्रो, संरचित पुस्तान्तरण—अनुभवी नेताहरूको अनुभवलाई उपयोग गर्दै नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन को–लिडरसिप र मेन्टरसिपमा आधारित वैज्ञानिक प्रणाली लागू गर्नुपर्ने उनले प्रस्ताव गरेका छन्।

प्रकाशित मिति: ७ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com