काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेलाई स्पष्टिकरण सोध्ने तयारी गरेको छ ।

लामिछानेबिरुद्ध उम्मेदवार खारेजीका लागि मंगलबार उजुरी परेपछि उक्त उजुरी उपर कारवाहीका लागि अयोगले स्पष्टिकरण सोध्न लागेको हो ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट आवश्यक कामकाज संकलनको काम भइरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

लामिछानेको जवाफ निर्वाचन आयोगसमक्ष जानकारी गराइने र सोहि अनुरुप उजुरी माथिको प्रकृया अगाडि बढ्ने प्रवक्ता पौडेलले बताए ।

रविबिरुद्धको उजुरीमा प्रमाण पाइएको खण्डमा उम्मेदवार रद्द समेत हुने आयोगले बताएको छ ।

आयोगका अनुसार लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै नवलपरासी र चितवनमा गरि दुई वटा उजुरी परेको छ ।

एक उजुरीम लामिछानेको नेपाली नागरिकता नै कायम नरहेको उल्लेख गरिएको छ भने अर्को उजुरीमा खारेज भइसकेको पुरानो नागरिकता मार्फत पेश गरि उम्मेदवार मनोनयन भएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति: ३० कार्तिक २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com