काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधानसेनापति अशोकराज सिग्देल बीच भेटवार्ता भएको छ।
आइतबार बिहान गृह मन्त्रालयमा करिब एक घण्टा चलेको उक्त भेट १० बजेदेखि ११ बजेसम्म भएको स्रोतले जनाएको छ।
भेटमा के विषयमा छलफल भयो भन्ने आधिकारिक रूपमा खुलाइएको छैन। यद्यपि, गृह मन्त्रालय स्रोतका अनुसार मुलुकको समसामयिक शान्ति–सुरक्षा अवस्थाबारे छलफल भएको हुन सक्ने अनुमान गरिएको छ।
प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार













प्रतिक्रिया