काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटा ले लिपुलेक नक्शा नेपालको भएपनि नियन्त्रण अरुकै भएको टिप्पणी गरेका छन् । हालै भारत र चीनले लिपुलेक पास हुँदै व्यापारिक नाका सञ्चालन गर्न लागेको समाचार आएपछि लिपुलेक नक्शा हाम्रो, नियन्त्रण अरूकै भइहाल्यो : गोकुल बाँस्कोटा ले यस्तो बताएका हुन् । उनले फेशबुकमा लेखेका छन्–‘लिपुलेक नक्शा हाम्रो (नियन्त्रण अरुकै भैहाल्यो।एकसय बीस अर्ब डलरको वार्षिक कारोवार गर्ने दुई छिमेकीको योजनाको सानो ब्यापारिक नाकाको हामी छेउमा बसेर हेरिरहनु पर्ने भयो।यस्तै हो,शक्ति र समयको संयुक्त प्रहार ।

यसअघि पनि नेपाललाई जानकारी नदिईकन भारत र चीनले व्यापारिक नाका उक्त भूमिबाट सञ्चालन गर्ने सहमति गर्दा नेपालमा विरोध भएको थियो । अहिले भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लामा रहेको लिपुलेक भञ्ज्याङबाट हुने भारत–चीन सीमा व्यापार ६ वर्षपछि पुनः सुरु हुने जनाईएको छ । कोरोनाको कारण सन् २०१९ देखि बन्द रहेको उक्त व्यापारिक नाका सन् २०२६ को व्यापारिक सिजनका लागि खोल्ने प्रक्रिया अघि बढेको हो।

advertisement

प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com