काठमाडौं । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले पार्टीभित्रको अन्तर्घात र विशेष महाधिवेशनका कारण हालैको निर्वाचनमा पराजय व्यहोर्नुपरेको टिप्पणी गरेका छन्।

उनले विशेष महाधिवेशनको नाममा भएको आन्तरिक विवादले पार्टी एकतालाई कमजोर बनाएको र त्यसको नकारात्मक सन्देश जनतामा गएको बताए। ‘निर्वाचनको मुखमा पाँच महिनासम्म विशेष वा नियमित महाधिवेशनको विवादमै अल्झिँदा पार्टीको समग्र एकता खल्बलियो, जसले अन्ततः हारतर्फ धकेल्यो,’ उनले भने।

advertisement

घिमिरेले गगन थापा को नेतृत्वमा पार्टीले राम्रो परिणाम दिन सक्छ भन्ने विश्वास रहे पनि हाल त्यो कमजोर बनेको उल्लेख गरे।

उनका अनुसार गगन थापाको लोकप्रियता र छविलाई समयमै सही ढंगले प्रयोग गर्न नसक्दा पार्टीले सम्भावित भोट गुमाएको छ। ‘हामीसँग आशा जगाउने अनुहार थियो, तर त्यसलाई समयअघि नै प्रयोग गर्दा अपेक्षित लाभ लिन सकिएन,’ उनले भने।

पार्टीले भोगेको यस क्षतिलाई पुनः सन्तुलनमा ल्याउनु अहिलेको सबैभन्दा ठूलो चुनौती भएको घिमिरेको भनाइ छ।

प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com