काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले आफ्नो चुनावी खर्च विवरण सार्बजनिक गरेका छन्।
सुनसरी-१ बाट विजयी भएका हर्क साम्पाङ ले चुनावमा ८ लाख २ हजार ५२० खर्च भएको विवरण निर्वाचन आयोगमा पेश गरेका छन्।
उनले यातायातमा २ लाख ८८ हजार, स्टिकरमा २ लाख ४० हजार, स्टेज साउण्ड सिस्टममा एक लाख, अन्यमा ९६ हजार, पर्चा पम्पेल्टमा ६५ हजार ५२०, र मनोनयन दर्तामा १० हजार खर्च भएको विवरण आयोगमा बुझाएका हुन्।
प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार













प्रतिक्रिया