काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यपूर्वमा चुलिँदै गएको द्वन्द्वबारे पहिलोपटक सार्वजनिक धारणा व्यक्त गरेका छन्।

सोमबार लोकसभामा करिब २५ मिनेट लामो सम्बोधन गर्दै उनले क्षेत्रीय तनाव तत्काल अन्त्य हुनुपर्ने बताएका हुन्। उनले संवाद र कूटनीतिक पहलमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

advertisement

प्रधानमन्त्री नरेन्द्र मोदीले  मोदीले नागरिक बस्ती तथा ऊर्जा पूर्वाधारमाथि भइरहेका आक्रमणलाई निन्दनीय भन्दै होर्मुज जलडमरू जस्तो संवेदनशील समुद्री मार्ग अवरुद्ध गर्नु अस्वीकार्य रहेको स्पष्ट पारे।

उनले ऊर्जा आपूर्तिमा कुनै अवरोध आउन नदिन सरकार सक्रिय रहेको जानकारी दिँदै हाल २७ देशबाट हुँदै आएको आयात विस्तार गरी ४१ देशसम्म पुर्‍याइएको बताए। पश्चिम एसियामा बसोबास गर्ने करिब १० लाख भारतीय नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको उनले उल्लेख गरे।

कूटनीतिक पहलका सन्दर्भमा मोदीले भारतले आफ्नो चिन्ता स्पष्ट रूपमा राखिसकेको र आफूले क्षेत्रका विभिन्न नेताहरूसँग प्रत्यक्ष संवाद गर्दै तनाव न्यूनीकरणको अपिल गरेको जानकारी दिए। साथै, व्यावसायिक जहाजमाथि हुने आक्रमण तथा अवरोधलाई अस्वीकार्य ठहर गर्दै सबै पक्षलाई शीघ्र शान्तिपूर्ण समाधानतर्फ अघि बढ्न आग्रह गरे।

यसैबीच, द्वन्द्व प्रभावित क्षेत्रबाट ३ लाख ७५ हजार भारतीय नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काइएको पनि उनले जानकारी दिएका छन्।

प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com