काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले आफ्नो मन्त्रालयको नियमित जिम्मेवारीबाट विश्राम लिएको घोषणा गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अत्यावश्यक बाहेक अन्य कामबाट आज (सोमबार)देखि बिदा लिएको जानकारी दिएकी हुन्।

मन्त्री श्रेष्ठले आफ्नो कार्यकालमा साथ, सहयोग र विश्वास प्रदान गर्ने सबैप्रति आभार व्यक्त गर्दै मन्त्रालयको जिम्मेवारी सम्हाल्ने क्रममा प्राप्त सहयोग, सुझाव र समर्थनले आफूलाई काम गर्न थप प्रेरणा दिएको बताएकी छन्।

advertisement

उनले नागरिक सरकारको सदस्यका रूपमा देशको सेवा गर्ने अवसर प्रदान गरेकोमा प्रधानमन्त्री, सहकर्मी तथा सम्पूर्ण नेपाली नागरिकप्रति विशेष धन्यवाद व्यक्त गरेकी छन्। साथै, उनले आम नागरिकको विश्वास र साथलाई सधैँ सम्मान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्।

जेनजीको विद्रोहपछि गठन गरिएको मन्त्रिपरिषद्मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा श्रेष्ठ तीन महिना अघि नियुक्त भएकी थिइन। उनलाई गत मङ्सिर २६ गते प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा समावेश गरिएको थियो।

प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com