काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेर तोलाको दुई लाख ७३ हजार ९०० रुपैयाँ कायम भएको छ ।

advertisement

यसअघि सोमबार प्रतितोला दुई लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा ८० रुपैयाँले बढेको छ । अघिल्लो दिन चार हजार ४२५ रुपैयाँमा काराेबार भएको चाँदी यस दिन प्रतितोला चार हजार ५०५ रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com