काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले बालुवाटारस्थित सरकारी निवासबाट सबैजसो सामान निजी निवास धापासी सारिसकेकी छन् । शुक्रबार नयाँ प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा स्वागत गरेपछि स्वतः पदमुक्त हुने उनी त्यहीँबाट निजीतर्फ लाग्ने भएकी छन् ।

‘अब बालुवाटारमा दुई-तीन दिन बस्नलाई चाहिने सामानमात्रै बाँकी छन्, १३ गते नै धापासी सर्नुहुन्छ’, प्रधानमन्त्री सुशीला कार्की का प्रेस सल्लाहकार रामबहादुर रावलले बताए । उनका अनुसार सामान सार्न थालेको एक हप्ता पहिलेबाटै हो ।

advertisement

नयाँ प्रधानमन्त्रीले शपथपछि सीधै बालुवाटार जान चाहेमा उक्त निवास पूर्णतः खाली भइसक्ने उनले बताए ।

‘कथंकदाचित नयाँ प्रधानमन्त्रीज्यूले आजैदेखि सामान ल्याउँछु भन्नुभयो भने उहाँ आजै पनि आफ्नो घर जान तयार हुनुहुन्छ’, उनले भने ।

केही महिनादेखि खालि रहेका कारण धापासीस्थित प्रधानमन्त्रीको निजी घरमा फोहोर जमेको थियो । एक हप्ता लगाएर सबै सफा गरिएको र अहिलेसम्म बस्नका लागि पूर्णतः योग्य भइसकेको रावलले बताए । पति दुर्गा सुवेदी पनि बालुवाटारमै बस्दै आएका छन् । घर सफा गर्नुपर्ने र सामान मिलाउनुपर्ने कारण विगत एक सातादेखि उनी धापासी-बालुवाटार ओहोरदोहोर गरिरहेका छन् ।

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com