काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापा ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई दिएका छन्।
फागुन २१ को निर्वाचनबाट सुविधाजनक बहुमत प्राप्त गरेको भन्दै सभापति गगन थापा ले रास्वपा र रास्वपा नेतृत्वलाई बधाई दिएका हुन्।
आज सानेपामा बसेको केन्द्रीय समिति बैठकमा बोल्दै सभापति थापाले रास्वपालाई बधाई दिएका हुन्।
‘रास्वपा र रास्वपाको नेतृत्वलाई बधाई छ। संविधान र विद्रोहको मर्मअनुसार सरकार सञ्चालन गर्ने शुभेच्छा छ,’ उनले भने।
रास्वपाले अब ५ वर्ष सरकार सञ्चालन गर्ने उनको भनाइ छ। त्यस बेलासम्म कांग्रेस प्रतिपक्षमा रहने पनि उनले बताए।
प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार













प्रतिक्रिया