काठमाडाैं । लागूऔषधसहित पक्राउ परेका व्यक्तिलाई छुटाइदिने भन्दै डेढ लाख रकम ठगी गर्ने झापा कमल गाउँपालिकाका वडा सदस्यका छोरासहित दुईजना पक्राउपरेका छन्।

पक्राउपर्नेमा कमल गाउँपालिका-६ का वडा सदस्य टंक खड्काका छोरा कमल ६ खयरबारी बस्ने बर्ष ३२ का सुमन खड्का र दमक नगरपालिका-९ जिम्दार चोक बस्ने वर्ष ३० का अरुण दनुवार रहेका छन्।

advertisement

उनीहरूले गत फागुन २५ गते दिउँसो १ बजे लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका कमल गाउँपालिका-६ का लक्ष्मण राजवंशीलाई छुटाइदिने भन्दै सो रकम लिएको आरोप छ।

कमल ६ गुवाबारीस्थित सडकखण्डबाट पक्राउपरी जिल्ला अदालत झापाबाट म्याद लिई लागूऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत कसुरमा अनुसन्धान भइरहेको अवस्थामा लक्ष्मण राजवंशीलाई हिरासतबाट निकालिदिने भनी उनीहरुले लक्ष्मणका दाजु कमल ६ मैनाखता टोल बस्ने वर्ष ३९ का रामप्रसाद राजवंशीसंग सो रकम ठगी गरेका थिए। पैसा दिएर पनि आफ्नो भाइ नछुटेपछि रामप्रसाद सोधपुछ गर्न इलाका प्रहरी कार्यालय दमक गएका थिए। त्यसपछि प्रहरीले आइतवार दुवैलाई पक्राउगरेको हो।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगी तथा आपराधिक लाभ कसुरमा जिल्ला अदालत झापाबाट ७ दिन म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com