काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक बिहान ११ बजेका लागि तय गरिएको छ।

बैठकमा मंगलबारदेखि जारी विभिन्न एजेन्डामाथि केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम आज पनि जारी रहनेछ। मंगलबारको बैठकमा सभापति गगनकुमार थापाले आगामी भदौ २४ देखि २६ गतेसम्म १५औँ महाधिवेशन आयोजना गर्ने कार्यतालिका प्रस्ताव गरेका थिए।

advertisement

बैठकमा समसामयिक विषय, सुशासन स्थापना, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, १५औँ महाधिवेशनको कार्यतालिका, र केन्द्रीय निर्वाचन समिति गठन लगायतका विषयमा छलफल भइरहेको छ।

यसका साथै प्रतिनिधिसभा सदस्यहरूको अभिमुखीकरण, क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक अभियान, प्रदेश र स्थानीय सरकारको समीक्षा, समन्वय तथा प्रभावकारिता अभिवृद्धि, भ्रातृ सङ्घ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिसम्बन्धी विषय, केन्द्रीय लेखा समिति गठन लगायतका विभिन्न विषयमा पनि छलफल भएको दुलालले जानकारी दिएका छन्।

प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com