काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले आज प्रतिनिधिसभा सदस्यमा निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी लाई पद तथा गोपनीयताको शपथ गराउँदै छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११:१५ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस का केसी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका हुन्। ७८ वर्षीय केसी प्रतिनिधिसभाका ज्येष्ठ सदस्य हुन्।
राष्ट्रपतिबाट शपथ लिएपछि केसीले चैत १२ गते प्रतिनिधिसभाका २७४ सदस्यलाई शपथ गराउनेछन्। सभामुख निर्वाचित नहुँदासम्म उनले नै प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नेछन्।
यस निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना गरी कुल २७५ सदस्य निर्वाचित भएका छन्।
प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार













प्रतिक्रिया