काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोर र रवि लामिछाने बीच टेलिफोन संवाद भएको छ। उक्त जानकारी अमेरिकी दूतावास ले सार्वजनिक गरेको हो।
दूतावासका अनुसार विशेष दूत गोरले चैत १० गते लामिछानेसँग कुराकानी गर्दै हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ले हासिल गरेको सफलताप्रति बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
वार्ताका क्रममा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध र आगामी सहकार्यका सम्भावनाबारे समेत छलफल भएको दूतावासले जनाएको छ। विशेष दूत गोरले अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा इच्छुक रहेको स्पष्ट पार्दै दुई देशबीचको आर्थिक साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
साथै, उनले नेपाल र अमेरिकाबीच लामो समयदेखि कायम रहेको मित्रतालाई थप प्रगाढ र सुदृढ बनाउन अमेरिका सकारात्मक रहेको सन्देश पनि दिएका छन्।
प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार













प्रतिक्रिया