काठमाडौं । भद्रपुर मा वृद्धा आमामाथि कुटपिट गर्ने एक युवक पक्राउ परेका छन् ।
भद्रपुर नगरपालिका–८ क्याम्पस मोड बस्ने ७९ वर्षीया चन्द्रमाया घिमिरे माथि कुटपिट गरेको आरोपमा उनका ३७ वर्षीय छोरा यशिस घिमिरेलाई प्रहरीले मंगलबार दिउँसो नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार यशिसले सोमबार आफ्नै आमामाथि कुटपिट गर्ने युवक पक्राउ गरेका छन् । घटनाबारे स्थानीय बासिन्दाले सोही दिन प्रहरीलाई जानकारी गराएका थिए ।
उक्त घटना सञ्चारमाध्यममा सार्वजनिक भएपछि प्रहरीले उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । घाइते चन्द्रमाया घिमिरेको उद्धार गरी उपचारको व्यवस्था गरिएको छ ।
प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार













प्रतिक्रिया