काठमाडौं। काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाह (बालेन) ले जेनजी आन्दोलनका क्रममा भदौ २३ गते सरकारले अत्यधिक बल प्रयोग गरेको परिणामस्वरूप भदौ २४ गतेको घटना घटेको बताएका छन्।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगसमक्ष दिएको बयानमा उनले सरकारको कदमलाई ‘आतंकवादी शैली’ को संज्ञा दिँदै त्यसको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार र सरकारमा सहभागी दलहरूले लिनुपर्ने उल्लेख गरेका छन्।
बालेनका अनुसार भदौ २४ गतेको घटना दुःखद भए पनि त्यसको जड २३ गतेको कठोर दमनमा रहेको छ। उनले सो दिन काठमाडौं महानगरपालिकाले समयमै दमकल परिचालन गरी महानगरभित्रका आगलागी नियन्त्रणमा लिएको जानकारी दिएका छन्।
उनले आफ्नो बयानमा सम्माननीय राष्ट्रपति र सेनापतिको आग्रहमा आन्दोलनलाई शान्त पार्ने प्रयासमा आफूले भूमिका खेलेको पनि उल्लेख गरेका छन्। साथै, उनले तत्कालीन सरकारको कार्यशैलीलाई आपराधिक र आतंकपूर्ण भन्दै त्यसबाट भएको सम्पूर्ण क्षतिको जिम्मेवारी सरकार र त्यसमा सहभागी राजनीतिक शक्तिहरूले लिनुपर्ने बताएका छन्।
प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार













प्रतिक्रिया