एजेन्सी । अबुधाबीमा ब्यालिस्टिक मिसाइलको अवशेष खस्दा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

स्थानीय प्रशासनका अनुसार उक्त अवशेष शहरको पूर्वी क्षेत्रस्थित स्वीहान सडकमा खसेको हो। घटनाका कारण केही सवारी साधनमा समेत क्षति पुगेको जनाइएको छ। मृतकहरूको पहिचान भने हालसम्म सार्वजनिक गरिएको छैन।

advertisement

पश्चिम एसियामा जारी तनावपूर्ण अवस्थाबीच इरानले संयुक्त अरब इमिरेट्समाथि प्रतिकारात्मक आक्रमण तीव्र बनाइरहेको बताइएको छ।

अधिकारीहरूका अनुसार बिहीबार बिहानैदेखि इरानी मिसाइल तथा ड्रोनहरू अवरोध गरिएको छ। घटनाक्रमकै क्रममा रातभर अबुधाबीका विभिन्न क्षेत्रमा ठूलो विस्फोटजस्ता आवाजहरू सुनिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com