काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपालको लोकतान्त्रिक यात्रालाई अब सुस्त गतिमा होइन, तीव्र र परिणाममुखी ढंगले अघि बढाउनुपर्ने बताएका छन्।

नवनिर्वाचित सांसदको रूपमा शपथ ग्रहणका लागि सिंहदरबार पुगेका सांसद मनिष झाले सञ्चारकर्मीसँग कुराकानी गर्दै वर्तमान कार्यकाल देशका लागि चुनौतीपूर्ण मात्र नभई निर्णायक हुने उल्लेख गरे। उनका अनुसार अब राजनीति र अर्थतन्त्र दुवै क्षेत्रमा तीव्र गति आवश्यक छ।

advertisement

नेपालको ६६ वर्षे लोकतान्त्रिक अभ्यासलाई स्मरण गर्दै उनले आगामी केही वर्षमै दशकौँको उपलब्धि हासिल गर्ने लक्ष्यका साथ काम गर्नुपर्नेमा जोड दिए। विश्व राजनीति र अर्थतन्त्र तीव्र रूपमा परिवर्तन भइरहेका बेला नेपालले पनि आफ्नो गति बढाउनु अपरिहार्य भएको उनले स्पष्ट पारे।

उनले भने, ‘अब म्याराथनको गतिले मात्र पुग्दैन, हामीले १०० मिटर दौडको जस्तो तीव्र गतिमा बाँकी यात्रा तय गर्नुपर्ने अवस्था आएको छ।’

सांसद झाले मतदाताबाट प्राप्त विश्वासलाई गम्भीरतापूर्वक लिएको बताउँदै जनताप्रति आफ्नो जिम्मेवारी प्रभावकारी ढंगले निर्वाह गर्ने प्रतिबद्धता जनाए। निर्वाचनमा प्राप्त समर्थनले आफूहरूलाई अझ जिम्मेवार बनाएको उल्लेख गर्दै उनले जनताको अपेक्षालाई निराशामा बदल्न नदिने दृढता व्यक्त गरे।

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com