काठमाडौं । केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनको परिणामलाई जादुमय र अप्रत्याशित भएको टिप्पणी गरेका छन्। बिहीबार नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

केपी शर्मा ओलीले भने, ‘भर्खरै निर्वाचन सकिएको छ। अहिले यसको प्रक्रिया र नतिजा बारे बहुसंख्यक टिप्पणी गर्ने समय होइन, तर परिणाम अनपेक्षित, अस्वाभाविक र जादुमय देखिन्छ।’

advertisement

उहाँका अनुसार निर्वाचनको क्रममा एमाले र यसको उद्देश्यका विरोधीहरूले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यको विरोध गर्दै गलत प्रचार र घृणाको राजनीति गरेको दाबी गरेका छन्। ओलीले विरोधीहरूलाई थुप्रै सहयोग पनि प्राप्त भएको बताए।

सांसदहरूलाई मार्गदर्शन गर्दै उनले भने, ‘कौरवको सेना ठूलो र शक्तिशाली थियो, पाण्डवको सेना सानो थियो। तर नतिजा सत्यको पक्षमा आयो, र सत्यको पक्षमा नै आउँछ। हामी देश, जनताका लागि, शान्ति, सुशासन र विकासका लागि निरन्तर काम गर्दै जानेछौं।’

ओलीको यो टिप्पणीले आगामी राजनीतिक अवस्था र पार्टीको रणनीतिमा नयाँ दृष्टिकोण ल्याउने संकेत पनि दिएको विश्लेषकहरूले बताउँछन्।

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com