काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले प्रधानमन्त्री पदको शपथ लिन लागेका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले बालेनलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने प्रस्ताव अनुमोदन गरेपछि लामिछानेले उनलाई बधाई दिएका हुन्।

advertisement

बैठक समापन गर्दै उनले भने, ‘संसदीय दलको तर्फबाट उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।’

बालेन्द्र शाह (बालेन) ले शुक्रबार दिउँसो १२ः३४ बजे प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। त्यसपछि दिउँसो २ः१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com