काठमाडौं । रवि लामिछाने सँग सम्बन्धित मुद्दाको सुनुवाइ सर्वोच्च अदालतमा ‘हेर्दाहेर्दै’ मा राखिएको छ। बिहीबार पनि बहस निष्कर्षमा पुग्न नसकेपछि अदालतले सुनुवाइ स्थगित गर्दै आगामी आइतबारका लागि पेशी तोकेको हो।
रवि लामिछाने विरुद्ध सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा दायर अभियोगपत्र फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा पुनः आइतबार सुनुवाइ हुने तय भएको छ।
उक्त मुद्दा सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमान को संयुक्त इजलासमा सोमबारदेखि निरन्तर ‘हेर्दाहेर्दै’ मा राखेर सुनुवाइ हुँदै आएको छ।
यसअघि महान्यायाधिवक्ता सविता भण्डारी ले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरू आवश्यक परे संशोधन गर्न सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्।
प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार












प्रतिक्रिया